spot_img

spot_img

पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, असुलीमा इन्स्पेक्टर र असई

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्नेमा नेपाल–भारत सिमानाकासंग जोडिएको टिहुकी हुँदै खुलेयाम तस्करी भईरहेको पाईएको छ ।

खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको रजगज कुनै नौलो विषय हैन । सीमानाकाबाट हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । तर भारतसँग जोडिएको पर्साको ग्रामिण भेगमा पर्ने टिहुकी र भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी भईरहेको पाईएको हो । जुन तस्करीको लाईनका लागि तस्कर समूहले प्रहरी चौकी टिहुकीका असई संजय कुमार सिंह र सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) केशव सुवेदिलाई समेत आर्थिक प्रभावमा पारी मिलाई सकेको स्थानीय बताउँछन् । जुन मिलेमतो रहेको कुरा प्रहरी स्रोतले पनि दाबी गरेकोे छ ।

चाडपर्वको रौनक थपिएसंगै भारतको परसोतीपुर बजारबाट टिहुकी नाका हुँदै र भारतको भेडिअर्वादेखी नेपालको भेडिअर्वा नाका हुँदै दिनहु लाखौं मूल्य बराबरको कपडा, गेहुँ, धान, काजु, कुखुरा र कुखुराको चल्ला, राँगा भैसी लगायतको मालसामान तस्करीमार्फत नेपाल भित्रिरहेको छ ।

यस्तै, पर्साको मिर्जापुर भलुवहीया नाकाको प्रयोग गरि ठुलो परिणाममा टायर, स्क्रेप व्याट्री, बालुवा गिट्टी लगायतका सामग्री तस्करी माफर्त नै भारतको बसन्तपुर र मैनाटार बजारमा जाने गरेकोे छ ।

छिपहरमाई गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष महिन्द्र साह कलवारले सो विभिन्न नाकाहरु प्रयोग गरि भारतबाट गहँुको तस्करी गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार साहेव मियाँ तेली, गुलसन मियाँले पनि धान र गहुँको तस्करी गर्ने गरेको स्थानीय बताउँछन् । यस्तै, धनीलाल, हिमतलाल साह लगायतले बालुवा गिट्टीको तस्करी गर्ने गरेका छन् ।

वडाअध्यक्ष साहले आफ्नै वडामा पर्ने टिहुकी नाकाबाट गत असोज २७ गते शनिबारका दिन भारतबाट तस्करीको माध्यमबाट दुई ट्याक्टर गेहुँ आयात गरेको स्थानीयले बताए । गुलशन मियाँले पनि सोही दिन सोही नाकाबाट दुई ट्याक्टर धान, गहुँ भित्रियाएका थिए । यसरी नै प्रत्येक महिना यी तस्करी गर्ने व्यक्तिहरुले प्रहरीकै संरक्षमणमा मासिक संयौं ट्याक्टर धान, गहुँ भित्रियाउने गरेको स्थानीय बताउँछन् । जुन प्रत्यक्ष रुपमै पाईएको छ ।

सशस्त्र प्रहरी बल मिर्जापुरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) केशव सुवेदी भारतबाट हुने गहुँ तस्करी बापत प्रति ट्याक्टर ४ हजार लिने गरेको छन् प्रहरी चौकी टिहुकीका असई संजय कुमार सिंहले भने ३ हजार लिने गरेको नाम नराख्ने सर्त मा एक जना प्रहरी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रास्वपाको भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र- सचिव शंकर श्रेष्ठ

वीरगंज, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक संगठन सचिव शंकर श्रेष्ठले भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको...

विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

मुम्बई, ६ असार: भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु...

हावाहुरीले रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति

वीरगंज, ६ असार । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रूख ढलेर...

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...
spot_img
spot_img

सम्बन्धित समाचार

रास्वपाको भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र- सचिव शंकर श्रेष्ठ

वीरगंज, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक संगठन सचिव शंकर श्रेष्ठले भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको रुपमा पार्टी अगाडि...

विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

मुम्बई, ६ असार: भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार...

हावाहुरीले रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति

वीरगंज, ६ असार । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रूख ढलेर क्षति पुगेको छ...

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...