spot_img

spot_img

पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, इन्स्पेक्टर र असई आर्थिक प्रभावमा

वीरगंज, ४ कात्तिक ।
पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, असलीमा इन्स्पेक्टर र असई वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्नेमा नेपाल–भारत सिमानाकासंग जोडिएको टिहुकी हुँदै खुलेयाम तस्करी भईरहेको पाईएको छ ।
खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको रजगज कुनै नौलो विषय हैन । सीमानाकाबाट हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ ।
तर भारतसँग जोडिएको पर्साको ग्रामिण भेगमा पर्ने टिहुकी र भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी भईरहेको पाईएको हो । जुन तस्करीको लाईनका लागि तस्कर समूहले प्रहरी चौकी टिहुकीका असई संजय कुमार सिंह र सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) केशव सुवेदिलाई समेत आर्थिक प्रभावमा पारी मिलाई सकेको स्थानीय बताउँछन् । जुन मिलेमतो रहेको कुरा प्रहरी स्रोतले पनि दाबी गरेकोे छ ।
चाडपर्वको रौनक थपिएसंगै भारतको परसोतीपुर बजारबाट टिहुकी नाका हुँदै र भारतको भेडिअर्वादेखी नेपालको भेडिअर्वा नाका हुँदै दिनहु लाखौं मूल्य बराबरको कपडा, गेहुँ, धान, काजु, कुखुरा र कुखुराको चल्ला, राँगा भैसी लगायतको मालसामान तस्करीमार्फत नेपाल भित्रिरहेको छ ।
यस्तै, पर्साको मिर्जापुर भलुवहीया नाकाको प्रयोग गरि ठुलो परिणाममा टायर, स्क्रेप व्याट्री, बालुवा गिट्टी लगायतका सामग्री तस्करी माफर्त नै भारतको बसन्तपुर र मैनाटार बजारमा जाने गरेकोे छ ।
छिपहरमाई गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष महिन्द्र साह कलवारले सो विभिन्न नाकाहरु प्रयोग गरि भारतबाट गहँुको तस्करी गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार साहेव मियाँ तेली, गुलसन मियाँले पनि धान र गहुँको तस्करी गर्ने गरेको स्थानीय बताउँछन् । यस्तै, धनीलाल, हिमतलाल साह लगायतले बालुवा गिट्टीको तस्करी गर्ने गरेका छन् । वडाअध्यक्ष साहले आफ्नै वडामा पर्ने टिहुकी नाकाबाट गत असोज २७ गते शनिबारका दिन भारतबाट तस्करीको माध्यमबाट दुई ट्याक्टर गेहुँ आयात गरेको स्थानीयले बताए ।
गुलशन मियाँले पनि सोही दिन सोही नाकाबाट दुई ट्याक्टर धान, गहुँ भित्रियाएका थिए । यसरी नै प्रत्येक महिना यी तस्करी गर्ने व्यक्तिहरुले प्रहरीकै संरक्षमणमा मासिक संयौं ट्याक्टर धान, गहुँ भित्रियाउने गरेको स्थानीय बताउँछन् । जुन प्रत्यक्ष रुपमै पाईएको छ ।
सशस्त्र प्रहरी बल मिर्जापुरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) केशव सुवेदी भारतबाट हुने गहुँ तस्करी बापत प्रति ट्याक्टर ४ हजार लिने गरेको छन् प्रहरी चौकी टिहुकीका असई संजय कुमार सिंहले भने ३ हजार लिने गरेको नाम नराख्ने सर्त मा एक जना प्रहरी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...