धिरज बर्णवाल

बिरगंज २७ भाद्रो । पर्सा जिल्लाको पकहांमैनपुर गाऊपालिका वडा नं-१ धोरे बसने माधोलाल मेहताको घरमा १ क्विंटल ७३के.जी ५०० ग्राम अवैध गाजा बरामद भएको छ।

 

ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसी र धोरे चौकीका असई श्री प्रसाद यादवको कमान्डमा खटिएको टोलीले १ सय ७३ किलो ५०० ग्राम गाँजा फेला बरामद गरेको हो ।

 

स्थानीय तथा जनप्रतिनिधीको रोहबरमा घर खानतलाशी गर्दा घरको कोठा भित्र अवैध रुपमा गांजा बरामद भएको असई यादव ले जानकारी दिनु भयो।

 

ईलाका प्रहरी कार्यालय पोखरिया प्रमुख के सी का अनुसार बरामद भएको गांजा ईलाका प्रहरी कार्यालय पोखरिया मै राखेर थप अनुसन्धान भईरहेको जानकारी दिएका हुन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय