भाद्र २६ वीरगञ्ज__ वीरगञ्जस्थित बाल सुधार गृहमा ठूलो विवाद भएको छ । विवादको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन । बाल सुधार गृहमा भित्रबाट ढुंगामुढा भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहको नेतृत्वमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्राप्त खबर अनुसार प्रहरीले ३/४ राउन्ड अश्रु ग्यास फायर गरेको छ, तरपनि भित्रबाट ढुङ्गामुढा रोकिएको छैन । बाल सुधार गृहमा अहिले १३४ वालकैदी रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।