सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।

 

पर्साको वीरगंजस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) थपलियाको शनिबार दिउँसो करिब १ बजेको समयमा हृदयाघात (हार्टअट्याक) बाट मृत्यु भएको हो ।

 

शनिवार बिहान साईकलमा गढीमाई गएर आएका थपलिया साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गरेका उनले आराम गरेकै ठाउँमा अचेत भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उपचारका लागि वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा लगिएकोमा अस्पताल पु¥याउनु भन्दा पहिले नै थपलियाको मृत्यु भएको प्रजिअ रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय