spot_img

spot_img

भारतले गण्डक नहरमा बुधवारसम्म चार सय क्युसेक पानी छोड्यो

वीरगंज, २० असार। नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका अनुसार भारतले नेपालको गण्डक नहरमा बुधवारसम्म ४ सय क्युसेक पानी छोडेको छ।
दुर्ई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको गण्डक नहरको भारततर्फको २२० आरडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहले जनाएका छन्।
पर्साको जगन्नाथपुरबाट शुरू भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ। हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन्। अहिले किसानहरूका लागि पानी पर्याप्त छ, नहरको पानी बाराको स्रिमौनगढसम्म पुगेको छ। भोलिसम्म रौतहट पुर्याउने हाम्रो लक्ष्य हो’ इन्जिनियर साहले भने ‘नहरबाट सिंचाइ हुने बारा, पर्साको २८ हजार हेक्टर भूभाग मध्ये अहिलेसम्म ४ हजार हेक्टरमा नहरको पानी पुगिसकेको छ, दुवै जिल्लाको करिब १५–१५प्रतिशत भूभागमा रोपाइँ भइसकेको छ।
बारा, पर्सा र रौतहटमा कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको छ। नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ।
भारत तर्फ विभिन्न ठाउँमा नहर मर्मत भइरहेकोले बाँकी पानी आउन केही लाग्ने दाबी गरिए पनि नहर प्रणालीको ५० वर्षको इतिहासमा भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी बिरलै दिएको जनाइएको छ।साभारः रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क खान-बस्न व्यवस्था मिलाएको...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा रहेको रामराजा मोहन...