वीरगंज – १५ जेठ । पर्साको छिपहरमाई गा.पा- ५ भिस्वाबाट काठमाडौँ जाने रात्रिसेवा बसबाट प्रहरीले ठूलो मात्रामा  लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

लागु औषधसहित पक्राउ पर्नेमा बसका सहचालक धोबिनी गाउँपालिका – ४ लंगडी बस्ने सलमान मिया तेलीको छोरा वर्ष ४५ को नुरेश मिया तेली र बसका चालक दोलखा भिमेश्वर नगरपालिका -८ बस्ने लाल बहादुर खत्रीको छोरा वर्ष ४२ को दुर्गा राज खत्री रहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले बताएका छन् ।
भिस्वा स्थित ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरी राखेको बागमती प्रदेश ०३-००१ ख.१८१० नम्बरको यात्रुबाहक देबी बसभित्र काठमाडौं लानको लागि लागू औषधको एम्पुलहरु लुकाई छिपाई राखेको छ भनी बिशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वा र ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा पुगि हेरचाहका लागि बसेका सहचालक तेलीसंग बसको डिक्की खोल्न लगाई चेकजाँचको क्रममा विभिन्न प्रकारको लागु औषध फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक गिरीले दिएको जानकारी अनुसार देबी बसको पछाडी डिक्कीभित्र प्लाष्टिकको बल्टिनमा राखिएको कपडाको झोलाभित्र कागजले बेरिएको ८ वटा पोका रहेकोमा ३ वटा पोकामा लागु औषध नरफिनको ५०० एम्पुल पिस , ३ वटा पोकामा लागु औषध फेनेरागन ५०० एम्पुल पिस , २ वटा पोकोमा डाइजेपाम ५०० एम्पुल पिस गरी जम्मा १५०० पिस लागू औषधको एम्पुलहरु बरामद गरेको हो ।

पक्राउ परेका दुबै जनालाई लागु औषध ओसारपसार ऐन अन्तर्गत कार्बाही पक्रिया अघि बढाइने डिएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय