spot_img

spot_img

पर्सामा ठूलो परिमाणमा गाँजा र चरेससहित चारजना पक्राउ

वीरगंज, २७ चैत । पर्सा प्रहरीले ठोरी गाउँपालिका र पटेर्वासुगौली गापाबाट ठूलो परिमाणमा गाँजा र चरेससहित चारजनालाई पक्राउ गरेको जनाएको छ । चैत २६ गते पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरीयास्थित प्रदेशी राउतको घरमा प्रहरीले छापामारी गरेको थियो । प्र.नि. प्रज्वल थपलिया र वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि. आशुतोष शाहीको कमाण्डमा खटेको प्रहरीले छापामारी गर्ने क्रममा चरेश ११८ के.जी. र गाँजा ४ के.जी बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लागु औषध, ओसारपसार तथा किनबेच संलग्न रहेको आरोपमा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने वर्ष अं. ६० को प्रदेशी राउत थारू, मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान, मकवानपुर मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई पक्राउ गरेको छ । यसैगरी चैत २४ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगरबाट ढेडु खोलाको बाटो हुँदै सेतो बोरा बोकी आउँदै गरेका चितवन लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को रामबहादुर तामाङलाई चेकजाँच गर्दा सेतो रड्ढो बोरा भित्र रातो र पहेंलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा गाँजा ६१ के.जी. बरामद भएको प्रहरीले जनाएको छ । उनलाई लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट चारदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...