spot_img

spot_img

ठोरीलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग

वीरगंज, २० चैत । वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र ठोरी क्षेत्रलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन् ।
सोमवार ठोरीमा मधेश प्रदेशकी उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सम्मानमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र ठोरी गाउँपालिकाले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा वीरगंजका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले मधेश प्रदेशकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनीता यादवसमक्ष उक्त माग राखेका हुन् ।
पन्तले मधेसको पर्यटन प्रबद्र्धनमा केन्द्र र प्रदेश दुवै सरकारले चासो नदिएको गुनासो गरे । व्यवसायीहरूको गुनासोको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले अघिल्लो सरकारले गरेको अदुरदर्शी काम कारबाहीको जिम्मा आफूले नलिने बताउँदै अब चाही ठोरीको विकाशमा प्रदेश सरकार लागिपर्ने बताइन् । उनले ठोरीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन । उनले मन्त्रालय टुक्रिने क्रममा रहेकोले यदि आफू पर्यटन मन्त्रालयमै रहे ठोरीको पर्यटन प्रबद्र्धनमा मास्टर प्लान बनाएर अगि बढ्ने बताइन् । उनले भनिन्– यदि मन्त्रालय टुक्रिएर म वनमन्त्री भएँ भने ठोरीको पर्यटनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताइन् ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अनिल पटवारीले पनि ठोरीको पर्यटन प्रबद्र्धनमा निजी क्षेत्रको पनि सहयोग रहने बताए ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले स्वागत भाषण गर्दै ठोरीको पर्यटनका विभिन्न समस्याहरू राख्दै ठोरी सधै सबैबाट उपेक्षित भएको बताए ।
संघका अध्यक्ष हरि पन्तको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री सुनिता यादव र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको सम्मानमा आयोजना गरिएको थियो ।
कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू, वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरू र मिडियाकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ । वीरगंज महानगरपालिका–२३...

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

काठमाडौँ, ८ चैत : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना...

हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा- अध्यक्ष राजेन्द्र लिङ्देन

वीरगंज, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना...

मोस्ट वान्टेड भारतीय दुई अपराधीलाई गोली हानी पक्राउ गर्न प्रहरी सफल

जनकपुरधाम, ६ चैत: मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका–...
spot_img
spot_img

सम्बन्धित समाचार

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...

भन्सार छली ल्याइएको १३९ बोरा गहुँको बिउ प्रहरीको नियन्त्रणमा 

नवल यादब कार्तिक १७ गते रौतहट - प्रहरीले भन्सार छली ल्याइएको एक सय ३९ बोरा गँहुको बिउसहित पिकअप र एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रौतहटको...

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

वीरगंज, १५ कात्तिक । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कलेजको कक्षा १२ मा...

सर्राफ हत्या प्रकरणः दशजना पक्राउ, बजार बन्द, अन्त्येष्टि गरियो

बारा १४ कात्तिकः गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा...