पर्सा । भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको पर्सामा अहिले निर्वाधरुपमा भन्सारछली तस्करी फस्टाउँदा नेपाल सरकारले पाउनुपर्ने करोडौं राजस्व गुमिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल साह को आगमनसँगै यतिबेला पर्सा जिल्लामा दिनदहाडै अबैध तस्करी धन्दा फस्टाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पर्सा जिल्लाको पश्चिम भेगको ग्रामिण नाका जयमाँगलापुर नाका र बुढगाई नाकाबाट अहिले सुरक्षाकर्मीकै मिलोमतोमा तस्करी सुचारु भएको छ ।

 

सिमा प्रहरी चौकी बुढगाई का प्रहरी सहायक निरीक्षक हरेन्द्र शाह लाई पर्सा जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरिक्षक् कोमल शाह ले ग्रिन सिग्नल दिएपछि तस्करी कार्य सुचारु भएको हो ।

तस्करहरुले जयमाँगलापुर नाका र बुढगाई नाका भएर फलाम को ड्रम , गीटि , बालुवा ,चाइनिज स्याउ , मटर, मरिच, केराउ, छोकडा, पेस्ट, सौन्र्दय सामाग्रीको भारततर्फ तस्करी गर्दै आईरहेका छन ।

 

तस्करहरुले ट्रेेकटर , पिकअप मोटरसाइकल, साइकलका माध्यमबाट र एक दर्जन भन्दा बढि महिला तथा पुरुषहरुलाई प्रयोग गरेर फलाम को ड्रम , गीटि , बालुवा , सामग्रीहरू , चाइनिज स्याउ , मटर, मरिच, र छोकडा, नेपालमा बनेको फेयर एण्ड लबली, पेस्ट लगायतका सामान प्रहरीको अगाडी बाटनै प्रहरीको मिलोमतोमा भारतको सिक्टा बजार ‘ बलथर बजार , पोर्सतमपुर् , मैनातार लगाएत का बजारसम्म पुरयाउने गरेका छन ।

 

त्यसैगरी तस्करहरुले भारतको सिमावर्ती सहर सिक्टा बजार ‘ बलथर बजार , पोर्सतमपुर् , मैनातार बाट खरिद गरेका

शर्टिङ सुर्टिङको कपडा, कुर्ता सुरुवाल, जुत्ता चप्पल,खेलकुदलगायतका सामग्रीहरू, भाडा कुडा, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, पेट्रोल , डिजल , गेहु , खाद्दान्य लगायतका माल सामानहरु सिमामा खटेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी सहज रुपले नेपालतर्फ भित्रियाउने गरेका छन ।

 

लाखौँ लाख राजस्व छलेर दैनिक लाखौँ र मासिक करोडौँ मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको स्रोत बताउँछ ।

 

यसै गरी छिपहरमाई-५ भिस्वाबाट दैनिक रूपमा चल्ने (नाइट) रात्रि बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरू पिउने पाउडर दूध प्रहरीकै मिलेमतोमा तस्करहरूले बसमा हालेर काठमाडौँ, पोखरामा पठाउने गरेका छन् भने बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।

 

प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सिमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरी प्रशासनले देखावटी रूपमा केही मात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि पर्साको बुढगाई सिमानाकामा प्रहरीको आँखा अगाडिबाटै भन्सार छली गरी व्यापक रूपमा तस्करी हुने गरेको स्रोतले देखिनछन् ।

 

प्रहरीसँगको सेटिङमा यस क्षेत्रका सयौँ व्यक्तिले अहिले तस्करीलाई आफ्नो व्यवसाय बनाएका छन् । तस्करहरूले सिमा प्रहरी चौकी बुढगाई का प्रहरी सहायक निरीक्षक हरेन्द्र शाह र पर्सा जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरिक्षक् कोमल शाहलाई तस्करहरूले मोटो रकम दिई महिनावारीकै रूपमा घुसबापतको अवैध रकम तिरी खुल्लमखुल्ला रूपमा रातदिन नाकामा तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय