spot_img

spot_img

मधेस प्रदेशको चार जिल्लामा मात्र १५ जना मात्र कानून महिला व्यवसायी

वीरगंज, ९ फागुन । मधेस प्रदेशको आठ जिल्लामध्ये चार जिल्लामा एकजना पनि कानुन व्यवसायी महिला छैनन् भने चार जिल्लामा १५ जना मात्रै कानुन व्यवसायी महिला रहेका छन् । मंगलवार उच्च अदालत परिसरमा आयोजना भएको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम मधेश प्रदेशका संयोजक अधिवक्ता सुधिर कुमार कर्णले उक्त कुरा बताउनुभयो । उनले सप्तरी जिल्लामा सबैभन्दा बढी ७ जना, धनुषामा ६ जना र पर्सामा २ जना कानुन व्यवसायी महिला रहेका छन् । बारा, रौतहट, सर्लाही र महोत्तरीमा एकजना पनि कानुन व्यवसायी महिला नरहेको उनले बताए। देशभर २२ हजार कानुन व्यवसायी भए पनि महिलाको आकर्षण किन बढेन भन्नेबारे वीरगंजमा हुने सम्मेलनमा छलफल हुने उनले बताउनुभयो । ‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित फागुन १२, १३ र १४ गते वीरगञ्जमा नेपाल वार एशोसिएशनले कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ । कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्तिथी ज्यादै न्यून भएकोले यो सम्मेलनबाट मधेश प्रदेशमा समेत कानून व्यवसायी महिलालाई पेशा प्रति आकर्शित गर्न र स्थापित गर्न महŒवपुर्ण भूमिका खेल्ने जानकारी दिनु भयो । वीरगञ्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरिका ७०० भन्दा बढी कानून ब्यवासायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णको भनाई छ । अधिवक्ता कर्णका अनुसार फाल्गुन १२ बिहान ८ बजे वीरगंजको घन्टाघरबाट प्रभातफेरी शुरू भई आदर्शनगर हुदै टाउन हल पार्टी प्यालेस सम्म जाने र सम्मेलनको समुद्घाटन प्रमुख अतिथि सम्माननीय का.मु. प्रधान न्यायाधिशबाट हुनेछ । साथै १२ गते ११ बजे देखि सम्मेलन शुरू भई १३ गते १ बजे वीरगञ्ज घोषणापत्र जारी गरि समापन हुनेछ । त्यस्तै फाल्गुन १३ गते १ बजे देखि नेपाल वार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उदघाटन संघिय कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय धुर्ब बहादुर प्रधानबाट हुने जानकारी दिनु भयो । उक्त कार्यक्रममा अधिराज्यबाट करिब ८०० जना कानून व्यवसायीहरूको सहभागीता हुनेछ । सो परिषदको बैठकमा न्यायालय सुद्रीदिकरणको बिषयमा कानून व्यवसायीको पेशागत दक्षता बृधिको सम्बन्धमा बिधान संसोधनको सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जनाकारी गराउनु भयो । पत्रकार सम्मेलनको संचालन उच्च अदालत वार एशोसिएसन वीरगञ्ज अध्यक्ष अधिवक्ता बिशाल चौधरीले गर्नु भएको थियो भने सो पत्रकार सम्मेलनमा पर्सा जिल्ला अदालत वार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिठ अधिवक्ता दिपक राज भण्डारी, पर्सा वार पुर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च वार वीरगञ्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लीक, कोषाध्यक्ष अधिवक्त प्रज्ञवल अधिकारी तथा पर्सा वारका सचिव अधिवक्ता मुम्ताज अहमद लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...
spot_img
spot_img

सम्बन्धित समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...