spot_img

spot_img

मधेशमा एक अर्ब भुक्तानीको विषयमा छानबिन समिति गठन

[ad_1]

४ फागुन, जनकपुरधाम । मधेश सरकारले गत आर्थिक वर्षको विभिन्न योजनामा भुक्तानी दिन बाँकी एक अर्ब भन्दा बढी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरिएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकले उपसभामुख बबिताकुमारी राउतको नेतृत्वमा १८ सदस्यीय उच्चस्तरीय छानबिन संसदीय समिति गठन गरेको हो ।

समितिमा प्रदेशसभा सदस्यहरु कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो. समीर, हरिनारायण महतो, चन्दनकुमार सिंह, शम्भुकुमार साह, जयलुन राइन, रानीकुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन विच्छा, विमला अन्सारी, अनिरुद्रकुमार सिंह र प्रमोदकुमार जयसवाल रहेका छन् ।

प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रस्ताव गरेका थिए । प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

समितिले सभामुख रामचन्द्र मण्डलको निर्देशनमा आफ्नो कार्यविधि आफैंले निर्माण गर्ने र भुक्तानी समस्या समाधान गर्ने मन्त्री यादवले बताए । गठित समितिको अवधि कार्य प्रारम्भ भएको मितिले ३० दिनको हुनेछ ।

भुक्तानी बाँकी रहेका योजनाहरुको स्थलगत निरीक्षण र नापजाँच गर्ने, सरोकारवाला निकायसँग कागजात माग्ने, सरकारको पदाधिकारीहरुसँग बयान लिने लगायतको काम गरेर भुक्तानी गर्ने मन्त्री यादवको भनाइ छ ।

प्रदेश सरकारको विभिन्न निकायमा २०७८/०७९ मा उपभोक्ता समिति तथा टेन्डरमा भएको कामको एक अर्ब भन्दा बढी भुक्तानी बाँकी छ । यसअघि २०७५/०७६ मा प्रदेश सरकारले यस्तै भुक्तानीको नियति भोग्नुपरेको थियो । त्यतिबेला ९२ करोड रुपैयाँ भुक्तानी बाँकी थियो । जुन ०७६/७७ मा एकपटकको लागि भनेर यस्तै समिति बनाएए भुक्तानी समस्या सल्टाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

मलङ्गवा (सर्लाही), २२ पुस : जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस...

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

दुईवटा ट्रकमा लोड सामान राजस्वमा चलान

वीरगंज, २० पुस । बारा प्रहरीले ३८ लाख २७ हजार बराबरको अबैध सामान सहित ट्रकलाई आज बिहान नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उप–महानगरपालिका...

बारा प्रहरीद्वारा विभिन्न मुद्दामा फरार ६ जना पक्राउ

वीरगंज, २० पुस/ जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्व बस्ने वर्ष...

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौँ, १८ पुस : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल...

गुणस्तरहीन जगदम्बा डण्डी (रड) बंग्याउँदा भाँचियो, शंकर गु्रपको उत्पादनमाथि पुनः प्रश्नचिह्न तेर्सियो

वीरगंज, २४ कात्तिक । शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तरहीन रहेको गुनासो आएको छ । वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा घर बनाउँदै आएका...