कुटपिटमा परेका चिकित्सक जनिथलाल सिंह ।

२८ माघ, जनकपुरधाम । चिकित्सकमाथि कुटपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर शाखा अध्यक्ष डा. रामजी यादव एक विज्ञप्ति जारी गर्दै दोषी उपर कारबाहीको माग गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा  राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिस्ठ अर्थोपेडिक सर्जन डा. जनियलाल सिंह माथि प्रहरीले कुटपिट गर्दै धरपकड गरेको थियो ।

सो घटनाको छानबिन गरी तत्कालै दोषी सुरक्षाकर्मी माथि कानुनी कारबाही गर्न र पिडित चिकित्सकको उचित उपचार तथा क्षतिपूर्तिको व्यवस्था चिकित्सक संघ जनकपुरले माग गरेको हो ।

चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर जाने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीद्वारा सांघातिक आक्रमण हुनु अत्यन्तै दुःखद र अशोभनीय भएको संघले बताएको छ ।

उसको विज्ञप्तिमा भनिएको छ ‘सो घटनामा उचित छानबिन गरी दोषी उपर कारबाही नभएमा हुने बिरोधका कार्यक्रममा पूर्ण रुपमा सहभागी हुन सम्पूर्ण चिकित्सकहरुमा नेपाल चिकित्सक संघ जनकपुर शाखा अपिल गर्दछ ।’



Source link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय