spot_img

spot_img

पर्सामा सात हजार करदाता थपिए

वीरगञ्ज, २६ माघ चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्पm पाँच हजार पाँच सय ९२, आयकरतर्पm एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्पm पाँच सय २२ तथा अन्तःशुल्कतर्पm एक सय ३३ करदाता थपिएका छन् । योसँगै पर्सामा करदाताको संख्या एक लाख २४ हजार तीन सय पाँच पुगेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो । पर्सामा प्यानतर्पm सबैभन्दा बढी ७९ हजार २३, आयकरतर्पm ४० हजार चार सय १०, मूल्य अभिवृद्धि करतर्पm १० हजार एक सय ३६ तथा अन्तःशुल्कतर्पm एक हजार नौ सय ५१ करदाता रहेका छन् । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आव २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आव २०७९/८० को छ महिनाको अवधिमा रू चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६६ दशमलव ६१ प्रतिशत अर्थात रू तीन अर्ब १५ करोड १६ लाखमात्र सङ्कलन भएको छ । चालु आवको छ महिनामा अन्तःशुल्कतर्पm रू एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्पm रू एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्पm रू ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकरतर्पm रू दुर्ई करोड ४० लाख २३ हजार र घरबहाल करतर्पm रू दुर्ई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्धलगायतका कारणले राजस्व सङ्कलन घटेको क्षेत्रीको भनाइ छ । आव २०७८/७९ मा सो कार्यालयले रू नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात रू आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार सङ्कलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले...

२१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज (पर्सा), ९ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी...

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको...

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै...

पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता...
spot_img
spot_img

सम्बन्धित समाचार

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति...

२१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज (पर्सा), ९ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको...

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन लखनपुर गाविस–९ एकडर्वा...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको छ । कलैयालाई...

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको अवस्थामा...

पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...