spot_img

महात्मा गान्धीको नाममा सडक नामकरण गर्न खोजेपछि वीरगञ्जमा विरोध

[ad_1]

१८ माघ, वीरगञ्ज । भारतीय राजदूत नविन श्रीवास्तव वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको छ । बिहीबार वीरगञ्जमा महात्मा गान्धी (एमजी) सडक नामकरण कार्यक्रममा सहभागी हुन उनी आउने तय भएको थियो ।

राजदूत वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ । मौसममा आएको खराबीले गर्दा राजदूत आउने कार्यक्रम स्थगित भएको महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमारले बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले राजदूतको फ्लाइट क्यान्सिल भएका कारण कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिए ।

महावाणिज्य दूतावासले मौसममा आएको परिवर्तनले भारतीय राजदूत वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको बताए पनि त्यसको भित्री कारण भने अर्कै रहेको छ ।

वीरगञ्ज महानगरले वडा नम्बर १४ स्थित वीरगञ्ज चिनी कारखाना आवास क्षेत्रदेखि पूर्व बाइपाससम्म जोड्ने पिपरा लिंकरोड सडक खण्डको नाम परिवर्तन गरेर महात्मा गान्धीको नामबाट एमजी रोड राख्न लागेको छ ।

सडकको नाम परिवर्तन गर्न खोजेपछि टोलवासी स्थानीयले विरोध जनाएका थिए भने राजनीतिक दलहरुले पनि त्यसको समर्थन गर्न नसकिने बताएका थिए । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव राजदूत श्रीवास्तवले संयुक्त रुपमा सडक नामांकरण गर्ने कार्यक्रम तय गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकमा सबै राजनीतिक दलले सडकको नामकरण एमजी रोड गर्न लागेको विषयमा विरोध जनाएको एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा बताउँछन् ।

‘सडकको नामकरण गर्दा महानगरले ध्यान पुर्याउनुपर्छ, नेपालमा विभिन्न विभूति छन्, मधेशआन्दोलनका शहीद छन्, साहित्यकार छन्’ उनले भने, ‘उनीहरुको नाममा सडकको नामकरण हुनुपर्छ भनेर छलफल भएको थियो ।’ वीरगञ्जको पहिचान मेटाउने गरी काम गर्न नहुने उनीहरुको धारणा थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले सामाजिक सञ्जाल फेसबुकमा ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानलाई नै संकटमा पार्ने गरी नामकरण गर्ने षड्यन्त्रको अगुवाइ वीरगञ्ज महानगरले गर्नु खेदजनक र निन्दनीय कार्य भएको बताए । उनले महात्मा गान्धी शान्तिपूर्ण अहिंसात्मक आन्दोलनका पर्याय भएको बताउँदै २–४ करोडको विकास निर्माणका प्रोजेक्टका लागि दक्षिणी छिमेकीको चाकरी, दलाली गगरेर पहिचान मेटाउने कुरामा सहमत हुन नसकिनेमा जोड दिएका छन् ।

बिहान विरोध प्रदर्शन, दिउँसो कार्यक्रम स्थगित

पिपरा लिंक रोडको नाम एमजी पथ नामकरण नगर्न माग गर्दै स्थानीय बासिन्दाले बुधबार बिहान विरोध प्रदर्शन गरेका थिए । स्वागत गेट र उद्घाटनका लागि तयार गरिएको शिलालेख अगाडि स्थानीयले विभिन्न नारा लेखिएको प्ले कार्ड सहित विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि स्थानीयले नाम परिवर्तन नगर्न माग राखेर वीरगञ्ज–१४ का वडा अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

२०७६ साल भदौ १२ गते पूर्व वडा अध्यक्ष भरत कुर्मीले पिप्रा लिंकरोड नामकरण गरिसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img