spot_img

मिसावट गरिएको पोटाससहित सर्लाहीबाट एक जना पक्राउ

[ad_1]

१७ माघ, वीरगञ्ज । प्रहरीले सर्लाहीबाट मिसावट गरिएको पोटास सहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका– ७ बस्ने ५५ वर्षीय मोहन दासलाई पक्राउ गरेको हो ।

मोहन, गोडैता नगरपालिका– ७ स्थित महालक्ष्मी कृषि सहकारी संस्था र वडा नं ८ मा रहेको दास बिज भण्डारका सञ्चालक हुन् ।

माघ १६ गते अपरान्ह ४ बजे उनले पसलमा नुनमा विरला अक्साइड सिमेन्ट कलर नामको केमिकल मिसावट गरी बोरामा प्याक गरेर पोटास बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यसकै आधारमा प्रहरी टोली पसलमा पुगेर बोराहरु खोलेर हेर्दा पारस सर्वोत्तम खादका बोराहरुमा नुनमा विरला अक्साइड सिमेन्ट कलर मिलाएर प्याक गरेको फेला परेको थियो ।

प्रहरीले महालक्ष्मी कृषि सहकारी संस्थाबाट पारस सर्वोत्तम खाद इन्डोरामा इन्डिया प्रालि लेखिएको ५० किलो दरका ३१ वटा बोरा, खोलिएको अवस्थामा रहेको २५ किलोको एउटा बोरा, आईपीएल डिएपी इन्डियन पोटास लिमिटेड लेखिएको ५० किलो खाद भएको २० बोरा, साल्ट लेखिएको नुन भएको ५० किलो दरका १ सय ३ बोरा, विरला अक्साईड सिमेन्ट कलर लेखिएको खाली प्याकेट ४ वटा र आधा भरिएको प्याकेट २ वटा र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको छ ।

त्यसैगरि दास बिज भण्डारबाट पारस सर्वोत्तम खाद इन्डोरामा इन्डिया प्रालि लेखिएको ५० किलो दरका १० वटा बोरा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img