spot_img

प्याब्सन टी-२० क्रिकेट उद्घाटन खेलमा मनकामना ९७ रनले विजयी

५ माघ, वीरगञ्ज । वीरगञ्जमा बिहीबारदेखि शुरु भएको प्याब्सन अन्तर विद्यालय नकआउट टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मनकामना मावि विजयी भएको छ । चिल्ड्रेन वल्र्ड माविलाई ९७ रनले पराजित गर्दै मनकामना मावि विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मनकामनाले राहुल ठाकुरको अर्धशतकको मद्धतमा १ सय ६६ रन बनाएको थियो । राहुलले ३४ बलमा ३ छक्का र ६ चौका हानेर ५४ रन बनाएका थिए ।

१६७ रनको जवाफि लक्ष्य सहित मैदानमा उत्रिएको चिल्ड्रेन वर्ल्ड ७० रनमै अलआउट भएको थियो । म्यान अफ दी म्याच हुन सफल राहुलले ट्रफी पनि भए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साद्वारा आयोजित प्रतियोगिताको वीरगञ्जका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए ।

मेयर सिंहले वीरगञ्जको पहिचान उच्च बनाउने गरी खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । उनले विद्यार्थीको प्रतिभालाई उजागर गराउन आयोजना हुने खेलकुद प्रतियोगिताका लागि महानगरले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

प्रतियोगिता अन्र्तगत शुक्रबार तीन वटा खेल हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा अल्पाईन मावि र जीवन ज्योति मावि भिड्दैछन् । दोस्रो खेलमा सिद्धार्थ मावि र आदर्श मावि आमने सामने हुनेछन् भने तेस्रो खेलमा विद्यासागर मावि र साउथ जोन माविबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता माघ १४ गते शनिबारसम्म चल्नेछ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img