spot_img

spot_img

शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लील भिडियो देखाएपछि…

 

७ पुस, जनकपुरधाम । धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अश्लील भिडियो देखाएको घटना सार्वजनिक भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो ।

दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले अश्लिल भिडियो विद्यार्थीलाई देखाइरहेको क्लिप बाहिरिएपछि स्थानीयले शिक्षक यादवलाई कारबाहीको माग गरेका छन् ।

मिथिला बिहारीनगरपालिका ८ घर भएका शिक्षक यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन् ।

शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ गरेको थियो । उनलाई राजनीतिक दबाव र प्रलोभनमा छोडेको स्थानीय बासिन्दाको आरोप छ ।

प्रहरीले भने आरोपको खण्डन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले उजुरी नआएकोले उनलाई पक्राउ गर्न नसकेको तर्क गरे ।

‘हिजो त्यहाँको अवस्था तनावग्रस्त भएपछि सुरक्षालाई दृष्टिगत गर्दै नियन्त्रणमा लिएका थियौं । कारबाही गर्ने आधार नभएकालाई उनलाई छाडियो’ डीएसपी क्षेत्रीले भने ‘उजुरी आयो भने उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।

अश्लिल भिडियो देखाउने शिक्षकलाई कारबाहीको माग गर्दै स्थानीबासिन्दाले प्रदर्शन गरेपछि बिहीबार दिउँसो विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरी व्यापक मात्रामा परिचालन भएपछि अवस्था साम्य भएको छ ।

अश्लिल भिडियो देखाउने शिक्षक यादवलाई के गर्ने विषयमा सर्वपक्षीय बैठक चलिरहेक वाइसीएलका धनुषा जिल्ला इञ्चार्ज समेत रहेका स्थानीय सरोज यादवले जानकारी दिए ।

Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...