spot_img

वीरगंजमा भुस्याहा कुकुरको बिगबिगी

वीरगंज । मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगंजमा केही समय यता भुस्याहा कुकुरको बिगबिगी बढे पछि नगरवासीले हैरानी खेप्नु परेको छ । 

बिहान, दिउँसो साँझ सडकमा सयौँको सङ्ख्यामा रहेका कुकुरहरूले यात्री, सर्वसाधारण, सवारी चालकलाई समेत अप्ठ्यारोमा पार्दै आएका छन् ।  भएभरका कुकुर सडक जम्मा भएर झगडा गर्न, भुक्न थाले पछि कोलाहलको मच्चिने गरेको वीरगंज पानीट्यांकी निवासी आयुष गुप्ताले बताउनुभयो ।  

राती काम परेको खण्डमा घरबाहिर निस्कन समेत मुस्किल हुने गरेको वीरगंज महानगरपालिका वडा नम्बर ४ निवासी कल्पना थापाले बताउनुभयो । साँझमा केटाकेटीलाई घरबाहिर निस्कँदा टोकिदेला भन्ने त्यतिकै डर हुने उहाँले गुनासो गर्नुभयो । महानगरमा कुकुर जता सुकै झगडा गरिरहेको, बिरामी र घाइते देखिन्छन । 

कुकुरको वृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिँदा जतासुकै कुकुरै कुकुर भएका छन् । सामुदायिक कुकुर व्यवस्थापन नहुँदा नगरवासीले सास्ती खेप्नु परेको छ । यात्रुहरू आतङ्कित छन् कति बेला टोक्ला भन्ने डरले । 

साँझ परेपछि त झन् सडकमा हिडनै मुस्किल हुने गरेको यात्रीहरू गुनासो गर्छन् । कुकुरको सङ्ख्या अत्यधिक भए पछि वीरगंजमा सवारी दुर्घटना समेत बढ्दै गएको छ ।  कुकुरको कारण मोटरसाइकल चालक सबैभन्दा बढी जोखिममा छन् । 

रातको समयमा अफिसको काम सकेर घर फर्किने क्रममा बाटोमै कुकुरले खुट्टामै झम्टने गरेको सञ्चारकर्मी दिलीप गिरीले बताउनुभयो । 

महानगरपालिकाले छाडा पशु नियन्त्रणमा लिएको भए पनि कुकुर नियन्त्रण तर्फ कुनै चासो नदेखाउँदा समस्या भएको नगरवासीको गुनासो छ । 

Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img