spot_img

बाराको त्रिवेणी स्पेनिङ्ग मिल्समा मजदुर र प्रहरीबीच झडप

ध्रुव अधिकारी
२०७९ कार्तिक ३ गते १९:१४

वीरगंज । बाराको परवानीपुरमा रहेको त्रिवेणी स्पेनिङ्गमिल्समा आज साँझ मजदुर र प्रहरीबिच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन १ दर्जन भन्दा बढी अश्रु ग्यास बुलेट प्रहार गर्नुका साथै दुई राउण्ड हवाई फायर गरेको छ ।

झडपको क्रममा १ जना प्रहरी सहित १ दर्जन भन्दा बढी मजदुर घाइते भएका छन् ।  बाराको जितपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ९ मा रहेको त्रिवेणी स्पेनिङ्ग मिल्सका आन्दोलनरत महिला मजदुरहरू माथि आज साँझ बारा प्रहरीले दुर्व्यवहार गरेको भन्दै अन्य मजदुर समेत प्रहरी विरुद्ध प्रदर्शनमा उत्रिएपछि झडप भएको थियो । 

त्रिवेणी स्पिनिङ मिल्सले त्यहाँ कार्यरत मजदुरहरूलाई विगत २० वर्षदेखि बोनस उपलब्ध गराउँदै आएकोमा कोरोना सङ्क्रमणका कारण लकडाउनको समयमा आधा बोनस दिँदै आएको अवस्थामा समेत हाल आएर मिल्सका सञ्चालकले यसवर्ष बोनस नदिने निर्णय गरेपछि मजदुरहरू आन्दोलनमा उत्रिएका थिए । 

शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनको क्रममा मजदुर र उद्योग प्रशासनबीच छलफल भएको र सो छलफलको क्रममा निर्णय ननिस्केपछि आक्रोशित मजदुरहरूले बुधवार साँझ मिल्सका प्रमुख कार्यकारी अधिकृत अशोक शर्मालाई क्याबिनमा बन्द गरेका थिए । अधिकृत शर्मालाई मजदुरहरूले बन्धक बनाएपछि उद्योग सञ्चालकले प्रहरीलाई बोलाएर शर्मालाई मुक्त गरेको थियो । 

सो घटनापछि आज पनि मजदुरहरू आन्दोलनमा उत्रिएको र आन्दोलनमा उत्रिएका महिलामाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै झडप भएको थियो । 

आन्दोलनकारीहरूले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीको नेतृत्वमा रहेको टोलीले महिला माथि दुर्व्यवहार गरेको आरोप समेत लगाएका छन् । 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img