spot_img

बागमतीमा लुटेरा समूहको गोली काण्ड : ३ भारतीय नागरिक सहित चार जना पक्राउ

राकेश गुप्ता
२०७९ कार्तिक ३ गते १७:३०

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा वडा नं. १ मिलनचोकमा सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको  सेवा केन्द्रमा कार्यरत ३० वर्षीय साजन कार्की उपर गोली प्रहार गरेको आरोपमा सर्लाही प्रहरीले ३ जना भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला शिवहर थाना छाप्रा ग्राम पञ्चायत तरयानी छप्रा वडा नं. ८ बस्ने १९ वर्षीय रहान भन्ने आलोक सिंह, भारतको बिहार राज्य जिल्ला बैशाली थाना उद्योगी क्षेत्र ग्राम पञ्चायत सुलतानपुर वडा नं. १० बस्ने १९ वर्षीय सौरभ कुमार यादव, भारतको बिहार राज्य जिल्ला मोतिहारी थाना सियारगंज ग्राम पञ्चायत  हराज वडा नं. १२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन् । पक्राउ परेका तिनै जना भारतीय नागरिकलाई बलरा नगरपालिका वडा नं. ३ लक्ष्मीपुरबाट बिहीबार बिहान पक्राउ गरिएको छ भने सर्लाहीको धनकौलवासी सहनीलाई धनकौल वडा नं. १ बाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

घटना स्थलबाट पेस्तोलको गोलीको खोका ४ र फायर भएको बुलेट थान ४ बरामद गरिएको छ ।बुधवार हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको  सेवा केन्द्र बागमतीमा कार्यरत ३० वर्षीय कार्की माथि गोली प्रहार भएको थियो  । घाइते कार्कीको अहिले काठमाडौँ स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार बिहान सावा ११ बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ४ जनाले कार्कीलाई कार्यालय भित्रै पसेर लुटपाट गर्ने उद्देश्यले  चार गोली प्रहार गरेका थिए । कार्कीको  पाखुरा, तिघ्रा, कुम र कोखामा  गोली  लागेको छ । कार्यालय खुले लगत्तै कार्कीमाथि आक्रमण भएको थियो । पक्राउ परेका ४ जनाले नगद पैसा लैजाने उद्देश्यले गोली हानेको भएपनि कार्कीको साथमा रहेको पैसा पहिले नै कार्यालयमा राखिसकेकाले लुट्न भने सफल भएनन् । 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img