spot_img

सर्लाहीमा लुटेरा समूहको गोली प्रहारबाट सहकारीका कर्मचारी गम्भीर घाइते

राकेश गुप्ता
२०७९ कार्तिक २ गते १४:०४

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा लुटेरा समूहको गोली प्रहारबाट एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । बुधवार बागमती नगरपालिका वडा नं. १ मिलनचोकमा अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको  सेवा केन्द्र बागमतीमा कार्यरत ३० वर्षीय साजन कार्की माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत विजय यादवले जानकारी दिनुभयो । 

बुधबार बिहान १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीन जनाले कार्कीलाई कार्यालय भित्रै पसेर लुटपाट गर्ने उद्देश्यले  चार गोली प्रहार गरेका थिए । कार्कीको  पाखुरा, तिघ्रा, कुम र कोखामा  गोली  लागेको छ । गोली लागेका कार्कीलाई  स्थानीय  अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि  काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता समेत रहेका यादवले जानकारी दिनुभयो । 

कार्यालय खुले लगत्तै कार्कीमाथि आक्रमण भएको थियो । लुटपाटमा संलग्न व्यक्तिले नगद पैसा लैजाने उद्देश्यले गोली हानेको भएपनि कार्कीको साथमा रहेको पैसा पहिले नै कार्यालयमा राखिसकेकाले लुट्न नपाएको  बताएको छ । लुटपाटमा संलग्न व्यक्तिले कार्कीको साथमा रहेको कालो झोला बोकेर भागेका छन् ।  गोली प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसरी राजमार्ग छेउमानै बिहानै  लुटपाट हुन थालेपछि स्थानीय चिन्तित हुन थालेका छन्। यसअघि पनि गोडैता नगरपालिकामा दिन दहाडै आइ.एम.ई मनि ट्रान्सफर लुटिएको थियो । सर्लाहीको घटना क्रम हेर्ने हो भने राजमार्गमा सहकारी लुट्ने प्रयास र गोडैता नगरपालिकामा लाखौँ रुपैयाँ लुटिने अज्ञात लुटेराहरू बाट सहकारी संस्था तथा मनि ट्रान्सफर असुरक्षित रहेको स्थानीहरूले बताएका छन् । 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img