spot_img

जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा, घुसको रकमसहित कर्मचारी यादव पक्राउ

वीरगञ्ज, ३१ असोज । जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो ।

घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग माग गरेको ५ (पाँच) हजार घुस रकमसहित यादवलाई फेला पारेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानाए । उनका अनुसार अख्तियारको टोलीले अँझै मुद्दा शाखाका कागजात परीक्षण गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img