spot_img

बारामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिए

ध्रुव अधिकारी
२०७९ असोज २६ गते १७:०९

बीरगंज  । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा आज दिउँसो एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।

बाराको प्रस्टोका गाउँभन्दा दुई किलोमिटर उत्तरमा रहेको ढोरा खोला किनारमा बस्ने दीपेन्द्र चौधरीको २५ बर्षीया  श्रीमती सुजता चौधरी र निजको तीन बर्षिया छोरी ताहिरा चौधरी तथा छोरा १६ महिनाको शिशु राजविर चौधरी मृत अवस्थामा आज अपराह्न २ः३० बजे स्थानीय बासिन्दाले खोला किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

अहिले घटनास्थलमा प्रहरी पुगेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

यता हत्यामा संलग्न मृतकका श्रीमान् भएको हुनसक्ने आशङ्का गरिए पनि उनी समेत गम्भीर घाइते भई वीरगंजमा उपचार गराइरहेको बुझिन आएकोले घटना गम्भीर प्रकृतिको देखिएको हुँदा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

पारिवारिक मनमोटावको कारण नाबालक छोरा छोरीसहित श्रीमतीको हत्या गरी चौधरी भाग्ने क्रममा हात खुट्टा भाँचिएको तथा हत्या गर्ने क्रममा श्रीमतीले प्रतिकार गर्न खोज्दा उनलाई गम्भीर चोट पटक लागेको हुनसक्ने आशङ्का गरिएको छ । 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img