spot_img

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी
कृष्णनगर/ असोज १४

मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो करिब ०३ बजे भारतको बढनी बजार बाट बा २ झ २३९८ नम्बर रहेको सेतो सुमो सरकारी गाडी (सेतो प्लेट) करिब रु.२.५ लाख बराबरको कपडा कृष्णनगर सीमा कृष्णनगर भंसार बाट नेपाल भित्रीयेको हो । सेतो सुमो नेपाल भित्रीनु भन्दा आधी घन्टा पुर्व करिब ०२:३० मा गाडीको नम्बर कृष्णनगर भंसार कार्यालयमा जानकारी हुदा हुँदै पनि भंसार कार्यालयले कुनै पनि प्रतिक्रिया जनायेन ।

त्यही कृष्णनगर भंसारमा सानो, गरिब तथा आम जनताले यदि रु.५/१० हजार नेपालीको कपडा ल्यदा लिंक गेटको प्रहरी देख्ने बितिकै चेक जाँच यो तरिकाले गर्छ्न मानो कसैले हथियार ल्याईरहेको जानकारी पायेको हुन र त्यस पछि पैसाको माग गर्छन । पैसा पाये भने जानुहोस, पैसा पायेन भने यस्को चाहिँ भन्सार हुन्छ सायद एक पटक फलानो कोठामा गई जानकारी गरा जस्ता शब्दको प्रयोग गर्दछन ।

लिंक गेटमा रहेको प्रहरी संग कुरा गर्दा आफ्नो बचाव गर्दै भन्छन हामीलाई कुनै प्रकारको जानकारी भंसार बाट आयेन । हामीके गर्ना सकिन्छ ? त्यति ठूलो गाडी आऊदा देखियेन त्यसको स्थान मा विदेशी गाडी भएको भए राम्रो तरिकाले चेकजाँच हुन्थ्यो । यो के हो भन्ने प्रहरी द्वारा थरी थरी को प्रश्न हुन्थ्यो । यदि कुनै गरिब व्यक्ती, सानो व्यापारीले १०/१५ किलो भारतको बढनी बाट चिनी ल्याउछ भन्ने रु. ४०/५० भारु प्रहरीलाई तिरेर बल्ला कृष्णनगरमा प्रवेश गर्ना सक्नेछ । त्यस माथी शास्त्र प्रहरीको जवानहरु छुटै चेकजाँच को नाममा पैसा लिने गर्छन ।

दशैको बेला आफ्नो-आफ्नो तरिकाले पैसा कमाऊने मौका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img