spot_img

१८ करोडको लागतमा निर्माण भएको सिनेमा घरको उद्घाटन प्रेमगीत ३ को टोलीद्वारा

रञ्जन यादव
२०७९ असोज ११ गते १५:३९

बारा । बारामा १८ करोडको लागतमा निर्माण भएको सिनेमा घरको उद्घाटन गरिएको छ । सिनेमा घरको उद्घाटनसँगै चलचित्र प्रेमगीत ३ का नायक प्रदिप खड्का, नायिका क्रिष्टिना गुरुङ र निर्माताको टोलीले दर्शकसँगै आफ्नो चलचित्र हेरेका छन् ।

प्रेमगीत ३ प्रदर्शनसँगै सञ्चालनमा आएको सिमरास्थित केएसआर मुभिजमा नायक खड्काले दर्शकसँग बसेर फिल्म हेरेका हुन् । प्रेमगीत ३ प्रदर्शन गर्नुअघि केएसआर सिनेमा घरको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा नायक खड्काले राजधानी बाहिर सुविधा सम्पन्न सिनेमा घर सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभयो । 

चलचित्र प्रेमगीत ३ ले नेपाललाई विश्वभर चिनाउन सफल भएको नायक खड्काले बताउनुभयो । सिनेमा घरको उद्घाटनपछि नायक खड्काले दर्शकसँग बसेर फिल्म हेर्नु भएको छ । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । । सिमराका व्यवसायी कासिम मियाँ, रोसिद उन्निथान, राजन उप्रेती र सुदीप लामाको लगानीमा केएसआर सिनेमा घर सञ्चालनमा आएको हो । 

केएसआर सिनेमा घरमा नेपाली र हिन्दी भाषामा डबिङ गरिएको चलचित्र एकसाथ प्रदर्शन गरिएको थियो । नायक खड्का, नायिका क्रिष्टिना गुरुङ, निर्देशक सन्तोष सेनसहित प्रेमगीत ३ को कलकार टोली, पूर्व श्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेश सभा सदस्य शोभा लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हास्य कलाकार किरण केसी, सन्दीप क्षेत्री लगायतले दर्शकसँगै प्रेमगीत ३ चलचित्र हेर्नुभएको हो । 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img