spot_img

बारामा दुई वटा पुलको शिलान्यास

रञ्जन यादव
२०७९ असोज १० गते १६:०३

बारा  । बाराको मधुवन — खम्बा पसाहा पुल र जैतापुर—रघुनाथपुर पसाहा पुलको शिलान्यास भएको छ । 

पुलको शिलान्यास पूर्व बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र बारा क्षेत्र नं.३ का निवर्तमान प्रतिनिधिसभा सदस्य रामबाबु यादवले गर्नुभएको छ । 

हिन्दु परम्परा अनुसार पूजापाठ गरी शिलान्यास गरिएको पुलको नेपाल सरकार भौतिक, पूर्वाधार  विकास मन्त्रालयले पुल निर्माणका लागि ठेक्का आव्हान गरेको छ ।

मन्त्रालयले जिल्लाको अति महत्त्वपूर्ण सडकको रूपमा रहेको सिमरा–कोल्हवी सडक अन्तरगत जीतपुरसिमराको वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्न पसाहा नदीमा तथा कलैया–सिस्वा महेशपुर–मधुवन सडक अन्तरगत खम्वा र मधुवन जोड्ने पसाह नदीमा पुल निर्माण गर्न बोलपत्र आव्हान गरेको हो । 

बारा क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवको पहल र विशेष सक्रियतामा यी दुवै पुल ठेक्का प्रक्रियामा गएका छन् ।

सांसद यादवले आफु पदमा रहे पनि नरहे पनि यी दुई वटा पुल निर्माण कार्यलाई छिटो सम्पन्न गर्न आफ्नो सधैँ सक्रियता र पहलकदमी रहिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ  । 

मन्त्रालयको सडक विभागको आयोजना कार्यालयले जैतापुर र रामनगर जोड्न पसाहा नदीमा असोज ४ गते मङ्गलवार बोलपत्र आव्हान गरेको छ । 

उक्त पुल १६५ मिटर लम्बाई दुई लेन गरी करिब ४० करोडको लागतमा निर्माण हुने आयोजना कार्यालयले जनाएको छ । 

करिब दुई बर्ष अघिदेखि नै पसाहा नदीमा पुल निर्माणका लागि वातावरणीय प्रभाव प्रतिवेदन र स्वायल टेष्ट भएपनि ठेक्का प्रक्रियामा जान सकेको थिएन ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img