spot_img

सप्तरी प्रहरीद्वारा चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक

रेडियो नेपाल
२०७९ असोज १० गते १५:१७

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले चाडपर्वलक्षित आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ । 

आजदेखि सुरु भएको दशैँ तथा तिहार र छठ पर्वलक्षित सप्तरी प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । 

चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर सात सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिनुभयो । 

जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न कार्यरत अधिकतम प्रहरी जनशक्ति, सवारी साधन लगायतका श्रोत साधनहरू परिचालन गरिने सप्तरीका प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो  । 

करिब सात सय प्रहरी परिचालन गर्नुका साथै १७ वटा ४ पाङग्रे र ३६ वटा २ पाङ्ग्रे गाडी, सूचना सङ्कलनको लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने सप्तरी प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । 

यस्तै, सार्वजनिक स्थान र सवारी साधनमा हुन सक्ने दुर्व्यवहारलाई नियन्त्रण गरिने, मदिरा पसलहरूलाई निगरानीमा राखी समयमा नै बन्द गराइने योजना प्रहरीले बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला स्थितमा रहेका नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सप्तरीसँग समन्वय सहकार्य गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सप्तरीका प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो  ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img