spot_img

एमाले अध्यक्ष ओली रेल चढेर धनुषाको कार्यक्रममा सहभागी हुन जानुहुँदै

अजय कुमार झा
२०७९ असोज ८ गते १३:४४

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के पी शर्मा ओली धनुषाको निर्वाचन क्षेत्र नंं २ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर जानुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली नेपालको एक मात्र जनकपुर जयनगर रेल चढेर जनकपुर जानुभएको हो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको जनकपुर –जयनगर रेलको दुई वटा इन्जिन सहितको वोगी उहाँ नै प्रधानमन्त्री भएको बेलामा भारतबाट खरिद भएको थियो । 

अध्यक्ष ओली  सोही रेल चढेर धनुषाको कार्यक्रममा सहभागी हुन जानुभएको हो  । पूर्व प्रधानमन्त्री ओली धनुषाको महिनाथपुरसम्म जानुहुने कार्यक्रम रहेको एमालेका केन्द्रीय सदस्य सञ्जीव कुमार झाले जानकारी दिनुभयो 

अध्यक्ष ओलीसँगै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्थायी कमिटीका सदस्य प्रभु साह सहितका नेताहरू सहभागी हुनुभएको छ । 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img