spot_img

वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना

२२ भदौ, वीरगञ्ज । वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना गरिएको हो ।

विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उदघाटन गरे ।

मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्‍वविद्यालय कोशेढुंगा सावित हुने उनले विश्‍वास व्यक्त गरे ।

उनले भने, ‘वीरगञ्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको थियो । तर सरकारले स्वीकृति नदिंदा सार्थकता पाउन सकेको थिएन । मधेश सरकारले त्यो सपना पूरा गरिदियो।’

विश्वविद्यालयको कार्यालय वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ । पर्सा जिल्लामा १०० बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी छ ।

स्थापना समारोहमा मुख्यमंत्री मोहम्मद लालबाबु राउत, वीरगञ्‍ज महानगरका नगर प्रमुख राजेशमान शाक्‍यलगायत सहभागीता थिए ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img