spot_img

महासेठ दम्पती धनुषाको छुट्टाछुट्टै क्षेत्रबाट सिफारिस

१९ भदौ, जनकपुरधाम ।  आगामी प्रतिनिधिसभा निर्वाचनका लागि  नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार दुवैको नाम सर्वसम्मतले सिफारिस भएको छ ।

क्षेत्रीय समितिबाट भएको सिफारिस जिल्ला कमिटिमा आउने र यहाँबाट प्रदेश कमिटिमा पठाइने उनले बताए ।

पार्टीका केन्द्रीय सचिव र मधेश प्रदेशका इन्चार्ज समेत रहेका रघुबीर २०७४ को निर्वाचनमा धनुषा ४ बाट निर्वाचित भएका थिए ।

जुली सिफारिस भएको क्षेत्र नम्बर ३ मा यसअघि लोसपा नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । महतो यस पटक पनि यहीं क्षेत्रबाट चुनाव लड्ने तयारी गर्दैछन् ।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img