spot_img

एमालेबाट पर्सा ३ मा राजकुमार गुप्ताको नाम सिफारिस

१६ भदौ, वीरगञ्ज । नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा राजकुमार गुप्ताको नाम सिफारिस भएको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय समितिको बैठकले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले जानकारी दिए ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

एमाले पर्सा क्षेत्र नं १ को क्षेत्रीय समितिले क्षेत्र नं. १ को ‘ख’ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ सुन्दर कुर्मी, शम्भु गुप्ता, हबिब शेख सेरु, ओमप्रकाश गुप्ताको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ शिवजी गुप्ता, बाबुराम कौशिक, मन्दु हजरा, मुना दहाल, लालबाबु शेख, महम्मद निजाम, रमेश महतो, उर्मिला राम, नलिया देवी गोसाई, जले आमल, श्रीहरि पौडेल लगायतको नाम सिफारिस भएको एमाले वीरगञ्ज महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट बसरुदिन अन्सारी, जुनैद अन्सारी र ईस्लाम हवारीको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भर कुमार शर्मा, बाबुराम कौशिक, उर्मिला श्रेष्ठ, मेघराज पासवान, श्याम बञ्जारा, केसी लामिछाने, उर्मिला शर्मा र रञ्जु फुयाँलको नाम सिफारिस भएको छ ।

लामिछाने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छन् भने बञ्जारा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव हुन् ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img