spot_img

मधेशका दुई मन्त्री प्रदेश सभामै चुनाव लड्ने

१७ भदौ, जनकपुरधाम । मधेश प्रदेशका दुई जना मन्त्री प्रदेश सभामै चुनाव लड्ने भएका छन् ।

आगामी मंसिर ४ गते हुने चुनावमा मधेश सरकारमा अहिले मन्त्री रहेका रामसरोज यादव र शैलेन्द्रप्रसाद साह प्रदेश सभामै चुनाव लड्ने भएका हुन । यादव नेपाली कांग्रेस पार्टीको तर्फबाट भौतिक पूर्वाधार र साह जनता समाजवादी पार्टीको तर्फबाट अर्थमन्त्री छन् ।

यादवको नाम धनुषा क्षेत्र नम्बर ३ को ‘क’ बाट सिफारिस भएको छ । कांग्रेस प्रदेश क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले एकल रूपमा उनको नाम सिफारिस गरेको छ । यादव २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रदेश सभामा जितेका थिए ।

मन्त्री साह भने यसअघि चुनाव जितेको सप्तरीको क्षेत्र नम्बर २ को ‘क’ बाट नै चुनाव लड्ने छन् ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img