spot_img

श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय

इन्द्रजीत यादव ।

१० भदौ, सिरहा । सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।

सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, ‘पछि भोजको खर्च जोड्दा साढे ५ लाख रुपैयाँ हुने देखियो । त्यसपछि निर्णय परिवर्तन गरेको छु ।’

उनका अनुसार अब त्यो रकममा अरु केहि रकम थपेर एम्बुलेन्स किनिने छ । ‘गाउँमा एम्बुलेन्स छैन्, कोहि बिरामी पर्दा बाहिरबाट मगाउनुपर्ने स्थिति छ’, उनी भन्छन्, ‘त्यही भएर श्राद्धको भोज नगरी एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छौं ।’
गाउँका भद्रभलाद्मी सबैले यसमा सहमति जनाएको वडाअध्यक्ष यादवले बताए ।

‘भोजमा मान्छेले एक छाक खान्छन् । खाएको कुरा भोलि बिर्सन्छन्’ उनी भन्छन्, ‘यसैले भोज नगरी एम्बुलेन्स किनेर गाउँलेको सेवाका लागि तयारी राख्नेछु ।’

उनका हजुरबुवा दुलारचन्द गोठियाको एक वर्षअघि र हजुरआमा असलानी देवीको एक साताअघि मात्रै निधन भएको छ । वडा अध्यक्ष यादवले हजुरबुवा र हजुरआमाको स्मृतिमा एम्बुलेन्स किन्ने बताए । एम्बुलेन्स किन्नका लागि प्रकृया सुरु गरिसकेको उनले बताए ।

एम्बुलेन्स आएपछि सामान्य शुल्कमा सर्वसाधारणलाई उपलब्ध गराइने उनले बताए । ‘इन्धन र चालकको खर्च मात्रै लिएर एम्बुलेन्स सेवा प्रदान गर्छौं’ उनले भने । एम्बुलेन्स आएपछि एउटा समिति नै बनाउने र समितिले निर्धारण गरेको शुल्क लिएर सेवा प्रवाह गर्ने उनले बताए ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img