spot_img

अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती हुन्छ: भारत, तर नेपाल सरकार भने मौन

भारतमा अग्निपथ योजनाले हलचल मच्चिएको छ। गत जुन महिनामा सार्वजनिक भएको यो योजना अनुसार भारतीय सेनामा चार वर्षका लागि युवाहरुलाई भर्ती गरिनेछ। चार वर्षको जागिर पछि उनीहरुलाई एउटा ‘प्याकेज’ दिइनेछ। यसरी खटिने सैनिकहरु ‘अग्निवीर’ कहलिनेछन्।

पछिल्लो केही वर्ष भारतीय सेनामा भर्ती रोकिएको थियो। जसकारण सरकारलाई सेनामा नयाँ भर्तीबारे प्रश्न सोधिँदै थियो। यसरी प्रश्न सोध्नेमा धेरै युवा थिए- जो सैनिक बन्न चाहन्थे।

त्यसैले नरेन्द्र मोदी सरकारले अग्निवीर योजना अगाडि ल्यायो। जसको समर्थन र विरोधबीच नेपालीहरुको भारतीय सेनामा भर्ती (गोर्खा भर्ती) बारे पनि प्रश्न उठ्यो।

अग्निवीर योजना गोर्खा भर्तीकै लागू हुने वा नहुनेबारे भारतीय सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ।

बिहीबारको पत्रकार सम्मलेनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिदम बागछीले गोर्खा भर्ती जसरी नै अग्निपथ योजनामा पनि भर्ती हुने बताएका हुन्।

अग्नीपथ योजनापछि गोर्खा भर्ती के हुन्छ भनेर सोधिएको प्रश्नमा बागछीले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सेनालाई भर्ती गरिरहेको धेरै भयो। अग्निपथ योजना अन्तर्गत हामी गोर्खा सेनालाई भारतीय सेनामा भर्ती गर्ने क्रम निरन्तर जारी राख्नेछौं,।’

बागछीको भनाइ अनुसार अब नेपालीहरुले पनि सिधै अग्निपथ योजना अन्तर्गत भारतीय सेनामा भर्ती हुन पाउनेछन्।

अग्निपथ र गोर्खा भर्तीबारे प्रश्न उठिरहेको धेरै भए पनि नेपालको परराष्ट्र मन्त्रालयले केही बताएको छैन।

यसबीच भारतीय विदेश मन्त्रालयबाट जवाफ आएको हो। जस अनुसार नेपाली युवाहरु चार वर्षका लागि भारतीय सेनामा ‘अग्निवीर’ का रुपमा भर्ती हुन पाउनेछन्।

नेपालका लागि पूर्व भारतीय राजदूत रणजीत रायले यसअघि नै अग्निवीर योजना नेपालबाट हुने गोर्खा सैनिक भर्तीमा पनि लागू हुने बताएका थिए।

प्रतिनिधि सभामा पनि नेकपा एमालेका सांसद भीम रावलले नेपाली युवा अग्निपथ योजना अन्तर्गत भर्ती हुने हुन् वा होइनन् भनेर प्रश्न उठाएका थिए। बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यस विषयमा छलफल हुने तय भएको थियो। तर कोरम नपुगेर बैठक बस्न सकेन

के हो अग्निपथ योजना?

भारत सरकारले योजना घोषणाको सुरुवातमा अग्निवीरहरुको उमेर १७ वर्षदेखि २१ वर्षसम्मको हुने बताएको थियो। विरोध पछि भने उमेर हदलाई २३ वर्ष बनाइएको थियो। उनीहरुले प्रति महिना ३० देखि ४० हजार तलब पाउनेछन्। भर्ती भएका अग्निवीरमध्ये २५ प्रतिशत युवालाई भारतीय सेनामा नै सहभागी हुने अवसर दिइनेछ। बाँकी अग्निवीरहरुले भने जागिर छोड्नुपर्छ। यो वर्ष ४६ हजार अग्निवीरलाई भर्ती गर्ने भारत सरकारको योजना छ।

मोदी सरकारले यो योजनाले देशमा रोजगारीको अवसर बढ्ने विश्वास व्यक्त गरेको छ। यसरी सेनामै काम गरेर अवकाश पाउनेहरुलाई अरु क्षेत्रमा अवसर उपलब्ध गराउने सरकारको तयारी छ।

मोदी सरकारले भारतीय सेनामा बढ्दो खर्चलाई घटाउने उद्धेश्यले यो योजना ल्याएको हो। जसको भारतमा समेत विरोध भइरहेको छ।

गोर्खा भर्तीमा पनि अग्निपथ योजना लागू भए यसले नेपालको सामाजिक र अर्थिक अवस्थामा असर गर्ने सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन्।

पढ्नुस : मोदीको ‘अग्निपथ’ योजनाले भारतमा हंगामा : चार वर्ष सेनामा काम गरेपछि जागिर चैट, सैनिकको मनोबल घट्ला कि बढ्ला ?



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img