spot_img

टी २० सिरिज: केन्यालाई हराउँदै नेपालको सुखद सुरुवात

काठमाडौं: पाँच खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले केन्यालाई हराउँदै सिरिजको सुखद सुरुवात गरेको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब मैदानमा सम्पन्न खेलमा नेपालले ५ विकेट जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाउँदा लुकास एनडनडसनले अविजित ३१ रन बनाए। त्यस्तै नेल्सन ओधिआम्बोले १९, सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए। बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ तथा आदिल आलम र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर पवन सर्राफलाई १ रनमै गुमाएको थियो। अर्का ओपनर आशिफ शेखले १९ तथा ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदै नेपालको पारि उकासे। नेपालका लागि सर्वाधिक रन बनाएका दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै २ छक्का र १ चौकाको सहायतामा ३३ रन बनाए। त्यस्तै रोहित पौडेलले १३ तथा आरिफ शेखले अविजित २४ रन बनाए।

बलिङतर्फ केन्याका लुकास ओलोउच र विरज पटेलले समान २ विकेट लिँदा नेहेमिह ओधिआम्बोले १ विकेट लिए।

नेपाल र केन्याबीचको दोस्रो खेलमा भोली शुक्रवार हुनेछ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img