spot_img

कुमारी घरबाट चोरिएको तोरन र मञ्जुश्री मन्दिरको मूर्ति नेपाल फिर्ता

काठमाडौं : बेलायतबाट दुईवटा कलात्मक सांस्कृतिक सम्पदा नेपाल फिर्ता ल्याइएको छ। 

नेपालबाट चोरी गरि बेलायत पुर्‍याइएका १६ औं शताब्दीको काठमा कुँदिएको तोरन र १८ औं शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति आज पुरातत्व विभागमा हस्तान्तरण गरिएको हो।

सन् १९८०-१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो। घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको थियो।

सन् २०२२ को मार्चमा लण्डनस्थित दूतावासमा आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सम्पदा हस्तान्तरण गरेका थिए।

आज पुरातत्व विभागमा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यलाई तोरन हस्तान्तरण गरिएको थियो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img