spot_img

बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलमा छलफल, सिट बाँडफाँटमा सकस

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित टिकट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ। बिहीवार बिहान तय भएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। ‘शीर्ष नेतासहित बैठक सुरु भएको छ,’ उनले भने।

गठबन्धनका शीर्ष तहमै सहमति गराउनका लागि कार्यदलसँगै शीर्ष नेताहरु सहभागी भएका हुन्। कुन दललाई कति सिट दिने भन्नेबारेमा गठबन्धनमा सहमति जुट्न सकेको छैन। यसअघि पनि बालुवाटारमा लगातार गठबन्धन र कार्यदलको बैठक बस्दै आएको छ।

बुधवार पनि गठबन्धनका नेताहरु बालुवाटारमा बैठक बसेका थिए। गठबन्धनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले बढी सिट मागेका कारण सहमति हुन नसेकेको कार्यदलका सदस्यहरुको भनाइ छ। मापदण्डका बारेमा पनि कार्यदलमा विवाद रहँदै आएको छ। २०७४ को प्रतिनिधि सभाको मत परिणामलाई मात्रै आधार मान्ने कि नमान्ने भन्नेमा गठबन्धनमा विवाद भएको हो।

स्थानीय तह २०७९ लाई पनि आधार मान्नुपर्ने नेताहरुको भनाइ छ। अहिले प्रतिनिधि सभामा भएकै दलहरुको अवस्थाका आधारमा टिकट बाँडफाँट गर्नुपर्नेसमेत गठबन्धनमा साना दलहरुले गरिरहेका छन्। कांग्रेस भने उक्त प्रस्तावसँग सहमत हुन सकेको छैन। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img