spot_img

स्वतन्त्रता दिवसमा रुसद्वारा युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २२ जनाको मृत्यु

युक्रेनको स्वतन्त्रता दिवसको दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ। स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले बताएका छन्।

च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिए। यसबारे रसियाले भने केही प्रतिक्रिया दिएको छैन।

सन् १९९१ अगस्ट २४ मा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। बुधवारमात्र रसियाले आक्रमण थालेको ६ महिना पुगेको छ। यो अवधिमामा रुसको आक्रमणमा परी ९ हजार युक्रेनी सेनाको मृत्यु भइसकेको बताइएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img