spot_img

निहारिका राजपुत प्रकरण : डीएनए परीक्षणको लागि उच्च अदालत जनकपुरले दियो आदेश

जनकपुरधाम : निहारिका सिंह राजपुत (सोनाली)को मुद्दामा उच्च अदालत जनकपुरले डीएनए परीक्षणको लागि आदेश दिएको छ।

उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डीएनए परीक्षण गर्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरको ४ नम्बर इजलासमा भएको बहसमा नेहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका न्यायाधिवक्ता यदुनाथ शर्मा, मिरा ढुंगाना, निशा रेग्मी, शान्ति काफले र रिंकु कुमारी यादवले बहस गरेका थिए भने प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले बहस गरेका थिए।

‘कुमारी आमा’ भनेर चिनिने निहारिकाले केही समय पहिले शितल निवासअगाडि आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। सो क्रममा प्रहरीले उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको थियो।

डीएनए परीक्षणको माग गर्दै यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन न्याय माग्दै हिँडिरहेकी छिन्।

धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र न्याय नपाएको भन्दै न्याय पाउन पटकपटक आन्दोलन गर्दै आएकी छिन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img