spot_img

विद्युतीय गाडीमा कर बढाउँदा आयात घट्यो, साउनमा २११ वटा मात्रै गाडी भित्रिए

काठमाडौं : साउन महिनामा २११ वटा मात्रै विद्युतीय गाडी नेपालमा आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनमा ६२ करोड रुपैयाँबराबरका २११ वटा विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन्।

सरकारले गाडी आयातबाट २१ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ। भारतबाट धेरै विद्युतीय गाडी आउने भनेको टाटाको हो। यस्तै दोस्रोमा कोरियाबाट ४४ वटा गाडी आएका छन्। कोरियाबाट हुन्डाई ब्राण्डको गाडीहरु नेपाल आयात हुने गर्छ।

साथै तेस्रोमा चीनबाट ३८ वटा मात्रै गाडी आयात भएको छ। चीनबाट एमजी, बिवाइडी, ग्रेटवाललगायतका कम्पनीहरुको गाडी आयात हुने गरेको छ। तर पछिल्लो समय सरकारले किलोवाटको आधारमा कर बढाएपछि ५०० बुकिङ भएको एमजीले गाडी आयात रोकेको छ।

यस्तै बिवाइडीले एटो ३ मोडलका गाडी तत्काल ४ वटा मात्र आयात गरेको छ। यसले गर्दा विद्युतीय गाडी आयात हुनेमा चीन तेस्रो देश बनेको छ। विभागको तथांकअनुसार गत वर्ष चीनबाट सबैभन्दा धेरै विद्युतीय गाडीहरु आयात भएका थिए।

गत आर्थिक वर्षमा १८ सय थानभन्दा बढी विद्युतीय गाडी आयात भएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img