spot_img

टिकट बाँडफाँटको सहमति नजिक पुगेको सत्ता गठबन्धनको दाबी, ‘भोलिसम्म टुंग्याउने प्रयत्नमा छौँ’

काठमाडौं : सत्ता गठबन्धनको मंगलवारको बैठक पनि टुंगोमा नपुगी स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठक निर्णयविहीन भएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। सोमवार बसेको गठबन्धनको बैठक पनि बिना सहमति सकिएको थियो।

भागबण्डा टुंग्याउनेबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि निचोडमा नपुगेको उनको भनाइ छ। बुधवार बस्ने गठबन्धनको बैठकमा निचोड निकाल्ने प्रयत्न भइरहेको पुरीले जानकारी दिए।

‘भोलि टुंग्याउने प्रयत्नमा छौँ। कसले कुन क्षेत्रमा कसलाई दिँदा जित्ने सम्भावना हुन्छ त्यसका आधारमा हामीले काम गरिरहेका छौँ,’ उनले भने।

आजको गठबन्धनको बैठकमा कार्यदलका अरु सदस्यहरु उपस्थित भएपनि संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थताका कारण उपस्थित नभएको पुरीले जानकारी दिए।

‘उहाँ आज अस्वस्थ हुनुभएकोले आउनु भएन,’ उनले भने।

प्रतिनिधिसभाको सिट बाँडफाँटकै काम भइरहेकाले प्रदेशसभाको अहिले छलफल भएको छैन। नेताहरुले पहिला प्रतिनिधिसभाको टुंग्याएर मात्रै प्रदेशसभाको गृहकार्यमा लाग्ने र एकै पटक सर्वजनिक गर्ने तयारी गरेका हुन्।

‘हामीले प्रतिनिधिसभाको विभाजन गरेपछि हामीलाई सजिलो हुन्छ। टुंग्याउने बेलामा सँगै टुंग्याउँछौँ। हामी ९ गते भित्र टुंग्याउँछौँ,’ पुरीले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img