spot_img

चुनाव घोषणासँगै दल बदल्ने होडः को कता प्रवेश?

वीरगंजः प्रदेश तथा प्रतिनिध सभाको निर्वाचन मिति तोकिएसँगै पर्सामा पुनः दल फेरबदलको होडबाजी सुरु भएको छ। मंसिर ४ गतै एकै चरणमा चुनावको मिति घोषणा भएपछि पार्टीभित्र असन्तुष्ट रहेकाहरु अर्को दलमा प्रवेश गरिरहेका छन्।

दल बदल्नेमा प्रदेश सांसददेखि स्थानीय तहका निवर्तमान पदाधिकारी रहेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीबाट २०७४ सालमा पर्सा ३ (ख) बाट निर्वाचित प्रह्लाद गिरी नेकपा (एमाले) प्रवेश गरेका छन्। विन्दवासिनी गाउँपालिका र पकहामैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष श्रीलाल साह कानु र विजयकुमार चौरसिया पनि एमालेमा प्रवेश गरेका छन्।

विन्दवासिनी गाउँपालिकाका पूर्वउपाध्यक्ष नेपाली कांग्रेसकी नेतृ किरण देवी, बहुदरमाई नगरपालिकाकी पूर्व उपमेयर गायत्री देवी पनि एमाले प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी ओली शर्माले मंगलबार काठमाडौंमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।

यस्तै पूर्व एआइजी रमेश खरेलको नेपाल सुशासन पार्टीका युवा नेता मधुसुधन चौरसिया जसपा प्रवेश गरेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।

त्यसैगरी, लोसपा वीरगंजकी नेतृ रम्भा मिश्र कांग्रेस प्रवेश गरेकी छिन्। स्थानीय तह चुनावमा लोसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बनेकी थिइन्। तर चुनावमा पराजित भएकी थिइन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img