spot_img

बन्दको मौका छोपेर बीमा रकमको लोभमा बिग्रेको टिपरमा आगजनी, चालक र सहचालक पक्राउ

बुटवल : दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ।

बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। एसपी काफ्लेका अनुसार गाडीधनीको सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

चालक र सहचालक राप्ती गाउँपालिका वडा नम्बर ५ का हुन्। आगजनी भएको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरेको थियो।

आगजनीबाट टिपरको अगाडिको भाग जलेर क्षति भएको छ। अनुसन्धानका क्रममा चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

सुरुमा उनीहरुले ५/६ जनाको समूहमा आएका व्यक्तिहरुले टिपरमा आगो लगाएर भागेको बताएका थिए। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडीधनीको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको हो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले मंगलवार नेपाल बन्द आह्वान गरेका छन्। सोही मौकामा गाडीधनीको सहमतिमा बीमा रकम हत्याउन बिग्रेको गाडीमा आगजनी गरेको देखिएको एसपी काफ्लेको भनाइ छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img