spot_img

एनपीएलमा जनकपुरधामबाट जनकपुर रोयल्स टिम सहभागी हुने

जनकपुरधाम : सेप्टेम्बरको अन्तिम सातादेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरको टिमले पनि सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ तारिखबाट हुने एनपीएलमा जनकपुरको टिम पनि सहभागी जनाउन लागेको हो।

सो लिगमा ६ वटा टिमले सहभागिता जनाउने छन्। जसमध्ये ४ वटा टिम पक्कापक्की भइसकेका छन्।

जनकपुरको जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनी टिम र विराटनगरको टिमले सहभागिता जनाउने निश्चित भइसकेको छ भने बाँकी दुई वटा टिमको टुंगो लाग्न बाँकी रहेको छ।

जनकपुर रोयल्स टिम भारतको जयपुरको गोल्ड स्पोर्ट्स प्रालिले खरिद गरेको छ। जानकी माताको सेवा गर्ने सोच पहिल्यैदेखि रहेकोले जनकपुरको टिम आफूहरुले खरिद गरेको गोल्ड स्पोर्ट्स प्रालिका निर्देशक गौरीशंकर धमानीले बताए।

उनले भने, ‘जानकी माताले बोलाएको र जनकपुरको विकासका साथै यहाँको खेलको विकासका लागि काम गर्ने अवसर पाएकोमा खुशी छौँ।’

जनकपुरको यो टिम उनले कति मूल्यमा खरिद गरेको भन्ने सम्बन्धमा केही खुलाएनन्।

लिगमा नेपाली खेलाडीहरुका साथै विदेशी खेलाडीहरुले समेत सहभागिता जनाउने छन्। प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा बाँडिएको छ। ए श्रेणीका खेलाडीको बेस प्राइस १५ लाख, बी श्रेणीका खेलाडीको बेस प्राइस १० लाख र सी श्रेणीका खेलाडीको बेस प्राइस ५ लाख राखिएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img