spot_img

सिँचाइको विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

बुटवलः सिँचाइ कुलोको विषयमा विवाद हुँदा कपिलवस्तुमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। कुलोको विषयलाई लिएर सुरु भएको विवाद बढ्दै जाँदा जिल्लाको महाराजगञ्ज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाँको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहका अनुसार सोमबार दिउँसो कुलोको विषयलाई लिएर स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षीय सम्साद मुसलमानले धुनियाँलाई निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका धुनियाँको उपचारको क्रममा कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको डिएसपी शाहले जानकारी दिए। उनको टाउकोमा चोट लागेको थियो। कुटपिटमा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img