spot_img

मिटर ब्याजी साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

जलेश्वर : महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार १३ व्यक्तिसँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार रुपैयाँ ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त भएपछि फरार रहेको साह शनिवार पक्राउ परेका थिए। उनको ससुराली घरबाट प्रहरीले ७१ लाख ४४ हजार तीन सय ५० रुपैयाँको ९ थान कपाली तमसुक बरामद गरेको छ।

महोत्तरी, धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग गरिएका मिटर ब्याजको ९ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जनकपुर उपमहानगरपालिका-७ ससुराली घरबाट बरामद गरेको हो।

साहले ५० हजारदेखि नौ लाखसम्मको कागज बनाएको, केहीको १२ गुणा बढीको कागज बनाएको र केहीलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थात थलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाको उजुरी रहेको छ।

साहउपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले ४२ लाख ९२ हजार एक सय ९० रुपैयाँ बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दिएकोमा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो भने सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ।

मिटर ब्याजी अनुरुदलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिवार उनको आफ्नै गाउँमा भंगहा नगरपालिका-५ बाट पक्राउ गरेको थियो भने उनलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

अनुरुदसँग आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img