spot_img

जेलबाट छुटेपछि लागुऔषध कारोबारमा, भारतबाट जमुनाले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा यसरी ल्याउँथे ‘ड्रग्स’

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको टोली लागुऔषध कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीको धरान घर भएका ४३ वर्षीय धुब्र लिम्बु, पर्सा घर भएका ४० वर्षीय जमुना साह तेली र ललितपुरका ३८ वर्षीय नवीन श्रेष्ठ रहेका छन्।

फरक-फरक मितिमा समातिएका उनीहरूसँगै प्रहरीले लागुऔषध २ हजार ८ सय १० एम्पुल समेत बरामद गरेको छ। नवीन श्रेष्ठलाई प्रहरीले ललितपुरबाट भदौ २ गते नियन्त्रणमा लिएको थियो। झम्सिखेलबाट पक्राउ परेका उनको साथबाट प्रहरीले लागुऔषध बुप्रेनोर्फिन २ सय ४३ एम्पुल, फेनारगन २ सय ४३ एम्पुल र डाइजेपाम २ सय ४३ एम्पुल बरामद गरेको थियो।

उनी यसअघि पनि अपहरण तथा हत्या केसमा ८ वर्ष जेल सजाय भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। २०६४ असोज १७ गते ८ वर्षीय बालकलाई अपहरण गरेर हत्या गरेको अभियोगमा ८ वर्ष ४ महिना कैद सजाय सुनाएको थियो। त्यतिखेर अपहरण गर्न बा १ ज २३०३ नम्बरको ट्याक्सी प्रयोग भएको थियो।

त्यस्तै, प्रहरीले लागुऔषधसहित भदौ ३ गते धुब्र लिम्बुलाई नियन्त्रणमा लिएको थियो। कालोपुलबाट नियन्त्रणमा लिएका लिम्बुको साथबाट बुप्रेनोफिर्न, फेनारगन र डाइजेपाम क्रमशः ५६०,५८४ र ७ सय ३७ एम्पुल बरामद गरेको ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए। लिम्बु सिभिल इन्जिनियर समेत भएको खुलेको छ।

लिम्बुको बयानमा आफू बस्ने होस्टेलको कोठामा अर्का एक जना व्यक्ति समेत रहेको बताइका थिए। त्यसपछि प्रहरीले जमुना साह तेलीलाई होस्टेलको कोठाबाट पक्राउ गरेको थियो।

उनी बस्दै आएको काठमाडौं महानगरपालिका-१३ बाफलस्थित डेराबाट थप नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन ९८ एम्पुल र डाइजेपाम-१०२ एम्पुल बरामद गरिएको एसपी खड्काले जानकारी दिए। उनले लागुऔषध भारतीय बजार रक्सौलबाट आफूले प्रयोग गर्ने ४३ प ६६९३ को मोटरसाइकलको पेट्रोल ट्याङ्कीको तल्लो भागमा काटी खण्ड-खण्ड बनाई (भित्री फल्स बटम) ल्याउने गरेको खुलाएका थिए।

बाँकी अर्को खण्डमा फ्युल हाल्ने गरेको, फल्स बटमका कारण फ्युल ट्याङ्की सानो भएकोले चाडै फ्युल सकिने हुँदा पानीको प्लास्टिक बोतलमा पेट्रोल हाली झोलामा बोकी लागुऔषध ओसारपसार गर्ने गरेको बताएका छन्। उनीहरुमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय देशभर लागुऔषधको कारोबार बढ्दै गएको छ। गएको तीन महिना (बैशाख, जेठ र असार)मा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशतले कारोबार बढेको हो।

यो प्रतिशत प्रहरीले समातेको आधारमा तय गरिएको हो। गएको तीन महिनामा लागुऔषधसम्बन्धी १ हजार ३२ वटा मुद्दा दर्ता भएका छन्।

त्यस्तै, १ हजार ५ सय ६६ जना मानिस पक्राउ परेका छन्। लागुऔषध गाँजा मात्र ४ हजार १ सय ८१ किलो बरामद गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकबहादुर राइले बताए।

त्यस्तै, लागुऔषध हेरोइन मात्र तीन महिनामा ६७ किलो बरामद गरिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img