spot_img

मृत महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर प्रहरीको नियन्त्रणमा

बुटवल : मृत महिलालाई जीवित बनाएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  कञ्चनपुरको बेलौरी नगरपालिका १ स्थायी घर भएका राजेन्द्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर श्याम अर्यालले जानकारी दिए।

कञ्चनपुरका गोतामे बुटवल बस्दै आएको खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस्ता कार्य कोही कसैले पनि गर्नु दण्डनीय भएको बताए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।

बुटवलको होली क्याभलरी चर्चका पास्टर रहेका गोतामेले एक मृत महिलालाई जीवित गराएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको २ मिनेट ४५ सेकेन्डको भिडियो भाइरल भइरहेको छ।

विवेक सत्याल नामको फेसबुक अकाउन्टबाट अपलोड भएको उक्त भिडियोमा हालसम्म एक हजार दुई सय जनाले लाइक गरेका छन् भने ६ सय ६६ जनाले आफ्नो प्रतिक्रिया  दिएका छन्।

भिडियोमा एक महिला भुँइमा सुतिरहेकी हुन्छिन्। उनी मृत भएको बताइन्छ। पास्टर गोतामेले केही मन्त्र उच्चारण गर्छन्। केही बेरमा ती मृत भनिएकी महिला चल्न थाल्छिन् र एकछिनमा उनी उठ्न खोज्छिन्।

पास्टरले उनलाई हातमा तानेर उठाउँछन्। उनी पूर्णरूपमा उठिसकेपछि उनी पुनर्जीवित भएको भन्दै त्यहाँ उपस्थितले ताली बजाउँछन्। अरूले ताली बजाएपछि उनी पनि ताली बजाउँछन्।

भिडियोमा मृत भनिएकी महिला उठेपछि उनकी सासू भनिने एक महिलालाई अगाडि बोलाएर विभिन्न अस्पताल लगेर उपचार गर्दा पनि निको नभएको भन्न लगाइएको छ। सासू भनिएकी ती वृद्धाले एम्बुलेन्समा राखेर काठमाडौं लैँजादा समेत निको नभएको भनेकी छिन्।

भिडियो भाइरल भएपछि प्रहरी गोतामेलाई नियन्त्रणमा लिई अनुसन्धान थालिको हो। गोतामेले विभिन्न ठाउँमा उपचार गर्दा पनि निको नभएकी एक लम्जुङकी महिलालाई निको होस भनेर प्राथना गरेको प्रहरीलाई बताएका छन्। युट्युबबाट भिडियो डाउनलोड गरी विवेकले फेसबुकमा अपलोड गरेको खुलेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img