spot_img

बार्सिलोनाको जितमा लेवान्डोस्कीको दोहोरो गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि जित निकालेको छ। स्टेडियो एनोएटामा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको पहिलो मिनेटमै यसैसिजन जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना पुगेका रोबर्ट लेवान्डीस्कीले गरे। तर, खेलको छैटौं मिनेटमा घरेलु टोलीका अलेक्जेन्डर इसकले गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा रोकियो।

तर, दोस्रो हाफमा भने बार्सिलोनाले तीन गोल थप्न सफल भयो। खेलको ६६ औं मिनेटमा ओस्माने डेम्बेलेले अंशु फाटीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यस्तै ६८ औं मिनेटमा फाटीकै पासमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ३४ औं जन्मदिनमा टिमलाई दोहोरो गोलको उपहार दिए। बार्सिलोनाका लागि चौथो गोल फाटीले ७९ औं मिनेटमा गरे।

जितसँगै बार्सिलोनाले दुई खेलबाट ४ अंक जोडेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img